सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैन :माधवकुमार नेपाल

एक्सप्रेस पाना
जेठ २०, २०८१ आइतबार
  • 231
    SHARES
  • प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैन :माधवकुमार नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन्।

    images

    आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताएका हुन्।

    उनले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताए।

    images

    उनले भने, "हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ। सबैले नेताहरुसँग सम्पर्क गर्न पाउँछन्। हामी पनि पाउँछौँ। अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन।"

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल