काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा आ.व.२०८१र०८२ को बजेटको छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवद्र्धनका लागि चितवनको सौराहामा नवविवाहित जोडीहरू घुम्न जाने सहरको रुपमा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन्।
उनले भने, "यसमा एउटा कुरा अझै पुगेन। वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो। अब एउटा हनिमुन हब्स भएन। हनिमुन सिटी भएन। हनिमुन सिट पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छरु चितवनको सौराहामै हनिमुन सिटी बनाइदिउँ। विवाहित जोडीहरू त्यहाँ जान्छन्। नव दुलाहा, दुलही त्यहाँ जान्छन्। हात्ति चढ्छन्। घुम्छन्। त्यसैले हनिमुन सिटी।"
उनले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके बाट २ खर्ब राजस्व उठ्ने बताए।
.jpg)


