काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न आग्रह गरेका हुन् ।
उनले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न आग्रह गरे ।
उनले भने, ‘ यो पटकको बजेटमा मन्त्रीज्युहरुले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन गर्नुहुने छैन र रातो किताव ल्याउनुहुने छैन’। ‘सिंगो मानव सुचकांककै आधारमा पछि परेका जिल्ला र पालिकाहरुलाई केन्द्रमा राखेर साधन, स्रोतको न्यायोचित वितरण गरेर रातो किताव आउने छ । मन्त्रालयस्तरिय बजेटको किताव आउनेछ भन्ने अपेक्षा छ ।’
उनले मानव सूचकांकमा पछि परेका जिल्ला र पालिकाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताए ।
.jpg)


