काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुणा,प्रेम,सद्भाव र संयमता कायम गर्न भएपनि प्रमुखले संयमता गुमाउँदै गएको बताएका हुन् ।
उनले प्रमुख साहले तबेलाको धुनमा काम गर्नुपर्नेमा विपरित रुपमा अगाडि गएको बताउदै उनले मेयर साहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिए ।
उनले काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने रु भन्दै प्रश्न गरे ।
उनले भने,"काठमाडौँ महानगरपालिका र सडक विभागबीच मतभेदहरू उत्पन्न भए । त्यसको दोष पनि एमाले र एमालेका अध्यक्षले बोक्नु पर्ने? काठमाडौँ महानगरपालिकाका प्रमुख बोलेन्द्र शाहलाई सम्मानका साथ भन्न चाहन्छु। उहाँले निर्वाचन जितेर आउने बित्तिकै तबला उपहार दिनुभएको थियो। तबला किन उपहार दिनुभयो, किन ड्रम बजाउने उपहार दिनुभएन। बोलेन्द्र शाहले संगीतको ड्रम बजाएर नै आउनु भएको थियो। तर अध्यक्षले सोच विचार गरेर तबला दिनुभयो। मेयरलाई तबलाको धुनमा काम गर्नुस्, तबलाको अर्थ हो। करुणा, प्रेम, सदभाव र सयंमता हो। तर काठमाडौँ महानगरपालिका प्रमुखले सम्यमता गुमाउँदै जानु भएको छ।"
उनले ऋषीमुनी र बुद्धले बनाएको सभ्यातामाथि मेयरले धावा बोल्न थालेको बताए । उनले २०५४ सालमा एमालले महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य शहर बनाउने सफा शहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति वागमती,विष्णुमति,मनोहरा करिडोर बनाएको बताए ।
"ऋषीमुनी र बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यातामाथि धावा बोलिदै छ । २०५४ सालमा एमालले २०५४ सालमा महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य सहर बनाउने सफा सहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति बागमती, विष्णुमति, मनोहरा करिडोर बनायौँ। खुसीबु जग्गा पल्यानिङ, टाउनपल्यानिङ गरौँ। नयाँ सहर बनाउने थालनी गरेका हौँ। काठमाडौंका बाटा चौडा बनायौँ,’"उनले भने।
.jpg)


