सोमबार, कार्तिक १७ गते २०८३
images
images

अर्थमन्त्री पुन र एमसीसी उपाध्यक्ष ब्रुक्सबिच भेटवार्ता

एक्सप्रेस पाना
जेठ २२, २०८१ मंगलबार
  • 245
    SHARES
  • अर्थमन्त्री पुन र एमसीसी उपाध्यक्ष  ब्रुक्सबिच भेटवार्ता

    काठमाडौं । नेपालको भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।

    images

    मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग शिष्टाचार भेट गरेको हो ।

    भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    images

    उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए । उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए ।

    एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ ।