सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने

एक्सप्रेस पाना
जेठ २३, २०८१ बुधबार
  • 207
    SHARES
  • प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । 

    images

    बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । 

    बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ भने अर्थमन्त्री वर्षमान पुनले बजेटमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

    images

    यसैगरी, विनियोजन विधेय, २०८१ लाई प्रस्तुत गर्न अनुमतित माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

    यस्तै, अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रस्तुत गर्ने, भन्सार महशुल विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति मान्गने प्रस्ताव प्रस्तुत गर्ने भन्सार महशुल विधेयक,२०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।