काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषयमा सरकारसँग जवाफ मागेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शाहीले यो देशको प्रतिष्ठाको विषय भएको भन्दै सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले भने,"नेपालले हिजो १० वर्षपछि टी–२० विश्वकप खेल्यो । नेपालको चन्द्र–सूर्य झण्डा सञ्चार भर फरफरायो । तर, हामीले हिजो खेल हार्यौँ ,’ । ‘सम्माननीय सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु – त्यहाँ सन्दीप लामिछानेको ठुलो आवश्यकता महसुस भयो । अदालतले सफाइ दिएको, क्यानले स्वीकृत गरेको, आइसीसीले स्वीकृत गरेको एउटा खेलाडीलाई आयोजक देशले भिसा किन दिएन ? सरकारले त्यो देश (अमेरिका)को राजदूतलाई प्रष्टीकरण किन नलिएको ?"
कांग्रेस सांसद शंकर भण्डारीले पनि अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भीसा नदिएको विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे । उनले राष्ट्रको शान र मान राख्ने खेलाडिले भीसा नपाउनु लज्जाको विषय भएको दाबी गरे ।
उनले भने,"नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ।"
विश्वकप खेल्नका लागि भन्दै लामिछानेले दुई पटकसम्म अमेरिकी दूतावास पुगेर अन्तर्वार्ता दिएका थिए । तर, उनले भिसा पाएका थिएनन् ।
.jpg)


