सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसदीय छानबिन समितिको पहिलो बैठक बस्दै

एक्सप्रेस पाना
जेठ २३, २०८१ बुधबार
  • 190
    SHARES
  • संसदीय छानबिन समितिको पहिलो बैठक बस्दै

    काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दै छ।

    images

    बैठक दिउँसो २ बजे प्रतिनिधि सभाको बैठकलगत्तै सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बस्न लागेको संसद सचिवालयले जनाएको छ । 

    गत जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद सूर्य थापाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो। 

    images

    समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा ९माओवादी केन्द्र० बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।