काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउनबाट असफल भएका छन् । यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।
प्रदेशसभामा उपस्थित रहेका कुल १०३ सांसदमध्येबाट जसपा नेपालका संसदीय दलका नेतासमेत रहेका यादवको पक्षमा ५० मत आयो भने उनको विपक्षमा ५३ मत परेको छ ।
यादवको पक्षमा कांग्रेसको २२, जसपाको १९, लोसपाको ८ र एक स्वतन्त्र सांसदको गरी ५० मत मात्रै पर्यो । यादवलाई बहुमतका लागि चार सिट अपुग भयो ।
यादवको विपक्षमा एमालेका २४ (सभामुखबाहेक), जनमत पार्टीको १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ मत परेको हो ।
.jpg)


