काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो।
आज युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ र बिक्रीदर १७० रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ।

.jpg)


