काठमाडौं । विश्वकप खेल्न सन्दीप लामिछानेलाई पठाउने गरी भिसा मिलाउन सरकारले नसकेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
बिहीबार प्रतिनिधिभा बैठकमा महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले आपत्ति जनाएका हुन् ।
शर्माले अदालतले सफाइ दिइसकेपछि उनलाई सरकारले भिसाको पहल गर्न कमजोरी गरेको बताए ।
उनले भने, "सम्मानित अदालतले निर्दोष सावित गरेपछि यस बेला सन्दीप लामिछाने हाम्रो प्रतिनिधित्व गरेर मैदानमा खेलेको हुनुपर्थ्योे,’ । ‘उनको भिसाका लागि सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो, यसमा कमजोरी कहाँ किन भयो ? खेलकुद, परराष्ट् र समग्र सरकारको यसबारे ध्यानाकर्षण गराउँछौँ "।
.jpg)


