काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ ।
बिहीबार नेप्से १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज चार अर्ब ३८ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
बिहीबार १०१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३५ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।


