सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

एक्सप्रेस पाना
जेठ २४, २०८१ बिहीबार
  • 146
    SHARES
  • सुरक्षण मुद्रणसम्बन्धी विधेयक  प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । 

    images

    बिहीबार प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा सञ्चारमन्त्री रेखा शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन् । 

    विधेयक समितिमिबाट २०८० चैत २६ मा प्रतिवेदनसहित पारित भएको थियो । समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाइ गर्ने गरी पारित गरेको थियो । 

    images

    समितिले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र केन्द्रबाट मात्रै छपाइ गर्ने गरी उक्त प्रतिवेदनलाई टुंगो लगाएर फुल हाउसमा पठाएको थियो ।