काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंह नियुक्त भएका छन्।
शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा दुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
त्यसअघि सिंहले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख भण्डारीसमक्ष दावी पेश गरेका थिए।
उनी सप्तरी क्षेत्र न २ ख बाट निर्वाचित सांसद हुन्।
.jpg)


