काठमाडौं । गृहमन्त्री रवि लामिछानेले औषधि, रिसर्च र उद्योगजन्य प्रयोगका लागि गाँजा उत्पादन सहज गर्न एक महिनाभित्र नियमावली बनाउने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले यस्तो बताएका हुन् । उनले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर एक महिनाभित्र नै अध्ययन अनुसन्धानका लागि गाँजा उत्पादन खुला गर्न सहजता दिने बताए ।
उनले भने,“छलफल र आवश्यकताका बारेमा पर्याप्त अध्ययन र अनुसन्धान भएको परिपेक्षमा अब हामीले दुविधा राख्नुपर्ने अवस्था मैले देखेको छैन,” । “एक महिना भित्र हामी नियमावली बनाउँछौँ ।”
उनले कानुनमा पनि लेखिएको भन्दै उनले नियमावली बनाएर रिसर्च तत्काल हुने बताए ।
गृहमन्त्री लामिछानेले अध्ययन अनुसन्धान गर्ने कुरामा गृह मन्त्रालयले नियमावली बनाएर बाटो खोल्ने पनि बताए । उनले सरकारले नै नीति तथा कार्यक्रममा ल्याएको कुरालाई मन्त्रालयले सहजीकरण गर्ने बताए ।
.jpg)


