सोमबार, कार्तिक १७ गते २०८३
images
images

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारतको नयाँ दिल्ली जाने

एक्सप्रेस पाना
जेठ २७, २०८१ आइतबार
  • 207
    SHARES
  • मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारतको नयाँ दिल्ली जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारतको नयाँ दिल्ली जाने भएका छन् ।

    images

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहाल दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने बताएको छ । प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्रले जनाएको छ ।

    तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आज साँझ ७ः १५ बजे शपथ लिने भएका छन् ।

    images

    मोदीले निर्वाचनको परिणाम पछि प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गर्दै शपथ समारोहमा सहभागिताको लागि निमन्त्रणा गरेका थिए ।