आइतबार, कार्तिक १६ गते २०८३
images
images

चौतारीद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण मध्यपुरथिमि

एक्सप्रेस पाना
आषाढ २०, २०७८ आइतबार
  • 286
    SHARES
  • २० असार    
    प्रेस चौतारी नेपाल जिल्ला भक्तपुरले पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्लामा सक्रिय पत्रकार तथा सञ्चारकर्मीलाई शनिबार र आज आइतबार स्वास्थ्य सामग्री वितरण गरिएको हो ।     
     यहाँ कार्यरत ५० भन्दा बढी पत्रकारलाई चौतारी केन्द्र र मानवीय आस्था नेपाल भक्तपुरका सहयोगमा प्राप्त मास्क, स्यानिटाइजर र फेस सिल्ड वितरण गरिएको प्रेस चौतारी भक्तपुरका संयोजक हेमराज ढकालले जानकारी दिनुभयो । सो अवसरमा नेकपा९एमाले०भक्तपुरका जिल्ला कमिटी अध्यक्ष वचन देउजाले अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकार भाइरसबाट सुरक्षित रहनु आवश्यक भएको बताउँदै पत्रकारलाई पहिला स्वास्थ्य अनि पेशा भन्ने सोचेर सुरक्षित भएर काम गर्न सल्लाह दिनुभयो ।   

    images