शनिबार, भाद्र २७ गते २०८३
images

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइँदै

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 548
    SHARES
  • आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइँदै

    असोज १५ काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ ।

    images

    संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अक्टोबर एक तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरिएको छ ।

    ज्येष्ठ नागरिकहरूको सम्मानमा सरकारले मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा ज्येष्ठ नागरिकहरूलाई मासिक एक सय रुपैयाँ दिएर यसको सुरुवात गरिएको थियो ।

    images

    सरकारले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारमा सहुलियत, गाडी भाडामा ५० प्रतिशत छुट, सरकारी कार्यालयमा लाइन लाग्न नपर्नेलगायतका सुविधा दिँदै आएको छ ।