काठमाडौं । नेपाली बजारमा आइतबार एकैदिन सुनको मुल्य तोलामा ४ हजार रुपैयाँले घटेको छ ।
शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मुल्य पनि तोलामा ७५ रुपैयाँ घटेर १ हजार ८२५ रुपैयाँमा झरेको छ ।
.jpg)


