सोमबार, कार्तिक १७ गते २०८३
images
images

कोशी सरकार विरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा

एक्सप्रेस पाना
जेठ २७, २०८१ आइतबार
  • 191
    SHARES
  • कोशी सरकार विरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा

    काठमाडौं । कोशी सरकार गठन विरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको छ ।

    images

    सर्वोच्च अदालतले पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलास तोकेको थियो ।

    न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेका थिए । त्यही कारण आइतबार कार्कीको रिट हेर्न नमिल्नेमा परेको हो ।

    images

    २७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परे पनि विश्वासको मत परीक्षण नगरेका कारण २६ वैशाखमा स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुखले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।