काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेका छन्।
पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल नयाँदिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री दाहालका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।
भारतका प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ।
दाहाललाई मोदीले निर्वाचित भएपछि भएको टेलिफोन वार्ताबाटै औपचारिक निमन्त्रणा दिएका थिए।


