सोमबार, कार्तिक १७ गते २०८३
images
images

उपप्रधानमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

एक्सप्रेस पाना
जेठ २७, २०८१ आइतबार
  • 233
    SHARES
  • उपप्रधानमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाएका छन् ।

    images

    राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री महासेठलाई दिइएको जनाएको छ ।

    प्रधानमन्त्री दाहाल भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रुपमा शपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेपछि प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री महासेठलाई तोकिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images

    आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

    masteh-mk-1489x2048.jpg