काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ ।
आज बजार ४.५९ अंकले घटेर २०७३ विन्दुमा बन्द भएको नेप्से नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ५ अर्ब १८ करोडको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका कम्पनी मध्ये ९७ कम्पनीको मूल्य बढ्दा १४४ को मुल्य घटेको छ भने बाकी ३ कम्पनीको मुल्य स्थिर रहेको छ ।


