काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् ।
सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् ।
भेटमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको थियो ।
आइतबार साँझ नै राष्ट्रपति मुर्मूले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।
आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कने तय छ ।
.jpg)


