काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ ।
सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


