काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ ।
नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
नेपाल समाजवादी पार्टीका सांसद देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र स्वतन्त्र सांसद मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिइएको छ ।
उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार शपथ गराएका हुन् ।
.jpg)


