काठमाडौं । प्रभु महालक्ष्मी जीवन बीमा कम्पनी नयाँ जीवन बीमा कम्पनीहरु मध्ये एक भरपर्दोे जीवन बीमा कम्पनी हो ।
प्रभु जीवन बीमा र महालक्ष्मी जीवन बीमा मर्जर पश्चात् यस कम्पनी अझ बलियो बन्दै सेवाग्राहीको आवश्यकता परिपूर्ति गर्न सफल भएको छ । प्रभु महालक्ष्मी जीवन बीमाले आफ्नो पुरानो अनुभव र नयाँ कार्यशैली अपनाउँदै सेवाग्राहीमैत्री सेवा दिन सक्षम रहँदै आएको छ ।
यस कम्पनीले विभिन्न खालका जीवन बीमा योजनाहरु आफ्ना सेवाग्राही सामु प्रस्तुत गर्न सफल भएको छ । प्रभु महालक्ष्मी जीवन बीमाले आफना ग्राहकहरुलाई मध्ये नजर गर्दै पछिल्लो समय विभिन्न १५ वटा बीमा योजनाहरु बजारमा ल्याएको छ ।
दुई कम्पनीबिचको अध्ययन र विश्लेषणपछि १५ वटा बीमा योजनाहरु बिक्री तथा वितरणको लागि ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले जनताको आवश्यकता, बीमितको लागत र योजनाका सुविधालाई ध्यानमा राखी यी योजना सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको योजना हरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारी हेरचाह बीमा,लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीवृद्धि बीमा, गज्जबको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, वैभव जीवन बीमा, जीवन उन्नति बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरू रहेका छन् ।
पछिल्लो समय यस कम्पनीले यस्ता विभिन्न बीमा योजनाहरु मार्फत ग्राहकसामु आफ्नो फरक छाप छोड्न सफल भएको छ ।
.jpg)


