सोमबार, कार्तिक १७ गते २०८३
images
images

सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो :रेखा शर्मा

एक्सप्रेस पाना
जेठ २९, २०८१ मंगलबार
  • 258
    SHARES
  • सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो :रेखा शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताएकी छन् ।

    images

    मंगलबार काठमाडौंमा अयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले  सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने र धेरै अनियमितता हुने क्षेत्र रहेको बताइन् ।

    उनले यस क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा बढी अनियमितता हुने गरेको बताइन् । 

    images

    विगतका नीति, नियम, कानुन समयसापेक्ष बनाइ नागरिकलाई सचेत गराउन आवश्यक रहेको स्पष्ट पारिन् ।

    सूचना र प्रविधिको क्षेत्रका समस्या समाधान र अनियमितता हटाउन मन्त्रालयको नेतृत्वमा कार्यदल बनाएर जाने कुरामा छलफल भइरहेको उल्लेख गरिन् ।