आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य ह्वातै बढ्यो , यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 299
    SHARES
  • सुनचाँदीको मूल्य ह्वातै बढ्यो , यस्तो छ आजको बजार भाउ

    असोज १५ काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार सात सय रुपैयाँ कायम भएकोमा शुक्रबार नौ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

    images

    एक साता भरीको महासंघको तथ्यांक हेर्दा अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले सुनको मूल्य उकालो लागेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँ कायम भएको छ ।

    शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार १४० रुपैयाँ कायम भएको छ ।  बिहीबार एक हजार १२० रुपैयाँ कायम भएको थियो । 

    images