सोमबार, कार्तिक १७ गते २०८३
images
images

सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सांसद परियारको सुझाव

एक्सप्रेस पाना
जेठ ३०, २०८१ बुधबार
  • 293
    SHARES
  • सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सांसद परियारको सुझाव

    काठमाडौं । नेपाली कांग्रेस सांसद जीवन परियारले डा.डिल्लीराज खनाल संयोजकत्वमा तयार पारिएको सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन्।

    images

    बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८१/०८२ अन्तर्गत विभिन्न मन्त्रालयका लागि छुट्याएको विनियोजन बजेटमाथि छलफलमा भाग लिँदै सांसद परियारले खनाल संयोजकत्वमा गठन भएको आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कसले रोक्यो रु भन्दै प्रश्न गरेका हुन् । 

     उनले भने, "२०७५ साल भाद्र ३ गते  तत्कालीन सरकारले मन्त्रिपरिद्को निर्णयबाट डा. डिल्लीराज खनाल संयोजकत्वमा एउटा सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन तयार पारेको छ। मलाई सम्झना छ, संभवत वर्तमान सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा यो आयोग बनाएको हो। माओवादीका साथीहरू पनि सरकारमा थिए, । त्यो आयोगको प्रतिवेदन कार्यान्वयन कसले रोकेको छ "

    images

    उनले त्यो प्रतिवेदनलाई पढ्यो भने कुनै पनि आयोजनाहरू केका लागि बनाउने भन्ने कुराहरू ठेक्का प्रक्रिया कसरी लगाउने ,खर्च गर्ने प्रक्रिया कस्तो हुन्छ भन्ने कुरा उल्लेख  गरेको बताए । 

    हरेक वर्ष मन्त्रालयमा विभिन्न शीर्षकमा खर्चहरू बढाउँदै जाने तर, सही सदुपयोग नहुने परिपाटी विगतदेखि नै चल्दै आएको भन्दै यसलाई रोक्नुपर्ने उनको सुझाव  छ।

  • सम्बन्धित विषय:

  • # सांसद जीवन परियार