काठमाडौं । बुधबार सेयर बजार ६.३८ अंकले बढेको छ ।
आज नेप्से ०.३० प्रतिशतले बढेर २१२१.६२ विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ७४ हजार ८५८ पटक किनबेच भएको छ ।
बुधबार ३१२ वटा कम्पनीको शेयर कारोबार हुँदा ११९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । बाकी १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।


