काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


