काठमाडौं । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारसँग माग गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो माग गरेका हुन् । उनले सरकार मलको अभाव छैन भन्ने तर, किसानले समयमा १० किलोभन्दा बढी मल नपाउने अवस्था रहेको बताए ।
उनले किसानहरूले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले भने,"सरकार मलको अभाव छैन भन्छ । तर, भक्तपुरका किसानहरूले १० किलोभन्दा मल पाउँदैनन् । भक्तपुरको नयाँ ठिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ । तर, सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन । कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन् । यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस्"।
उनले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
.jpg)


