काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।
आज युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३७ पैसा र बिक्रीदर १७१ रुपैयाँ १४ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ४३७ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।

.jpg)


