सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री दाहालको विदेश भ्रमणका बारे संसदलाई जानकारी गराउन कांग्रेसको माग

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 245
    SHARES
  • प्रधानमन्त्री दाहालको विदेश भ्रमणका बारे संसदलाई जानकारी गराउन कांग्रेसको माग

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश भ्रमणका बारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

    images

    शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

    लेखकले प्रधानमन्त्री संसदमा नआएको बताउदै सरकारले संसदको गरिमालाई कम्जोर बनाएको भन्दै प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफुहरुले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको बताए ।

    images

    "प्रधानमन्त्रीले यही संसदलाई बिर्सनुभयो कि ?प्रधानमन्त्री कुनै पनि भ्रमणमा जाँदा जानु अगाडि जानकारी गराउने परम्परा छ । एक हप्ता पहिले जानुभएको हो । फर्किएर आएको पनि पाँच दिन भयो । हामी कुरेर बसेका थियौं, प्रधानमन्त्रीले जानकारी गराउनु भएन’। ‘प्रधानमन्त्री यो सदनको नेता हो । हामीले उहाँ भ्रमणमा गएको पत्रिका पढेर थाहा पाउनुपर्ने रु यो दुर्भाग्य हो कि सौभाग्य हो" ।

    लेखकले संसद्को अर्को बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण बारे जानकारी गराउन माग गरे । 

  • सम्बन्धित विषय:

  • # कांग्रेसका प्रमुख सचेतक रमेश लेखक