आइतबार, कार्तिक १६ गते २०८३
images
images

     प्रदेश नं २ दुई मन्त्रीले दिए राजीनामा  

एक्सप्रेस पाना
श्रावण २, २०७८ शनिबार
  • 379
    SHARES
  •      प्रदेश नं २ दुई मन्त्रीले दिए राजीनामा  

    २ साउन  

    images

    प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिनुभएको छ ।     
         
     मुख्यमन्त्री लालबाबु राउतले उहाँहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गर्नुभएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ । सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिनुभएको बताइएको छ ।     
         
     नेकपा माआओदी केन्द्र आजै सरकारमा सहभागी हुनेछ । सो पार्टी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवि कर्णलाई राज्यमन्त्री पदमा शपथ गराइने कार्यक्रम रहेको बताइएको छ । रासस    

     

    images