सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रभु बैंकको नयाँ शाखा चैनपुरमा सञ्चालन

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 257
    SHARES
  • प्रभु बैंकको नयाँ शाखा चैनपुरमा सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि जय पृथ्वी नगरपालिका-१० बझाङ्गमा स्थित चैनपुरमा ३०४औँ शाखा सञ्चालनमा ल्याएको छ ।

    images

    बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ ।

    बैंकको यो अभियानले देश भरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको विज्ञप्तिमा उल्लेख छ  ।

    images

    बैंकको चैनपुर शाखा मार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रभु बैंकका नेपालभर ३०४ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई  अत्याधुनिक प्रविधि मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।