सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिंहदरबार प्रवेशमा आमनागरिकका लागि सहज बनाउँदै छौँ :गृहमन्त्री लामिछाने

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 317
    SHARES
  • सिंहदरबार प्रवेशमा आमनागरिकका लागि सहज बनाउँदै छौँ :गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेश आमनागरिकका लागि सहज बनाउँदै लगिएको बताएका छन् । 

    images

    उनले सिंहदरबार प्रवेश गर्न पहुँचवाला वा आफ्नो मान्छे भएमात्र पाउने व्यवस्था अन्त्य गर्न लागिएको बताएका हुन् । 

    सय दिनको उपलब्धीबारे शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिँदै उनले यसका लागि काम भइरहेको बताए । 

    images

    “सिंहदबार प्रवेश गर्न कसैलाई चिन्नुपर्दैन । आफ्नो मान्छेभित्र भए फोन गरिर्दिएर काम गर्न पाउने, त्यसलाई अन्त्य गर्ने प्रयास हो र अहिले प्राविधिक रूपमा टेस्टमा नै छ,” । “यो लगइन गर्ने, पास गर्ने सामन्य प्रक्रिया हो । अब सिंहदरबार हर नागरिकका लागि खुला छ । कसैले रेकमेन्ड गर्नुपर्दैन, काम भएका सबै आममान्छेका लागि सुरक्षित ढंगले खुला छ,” उनले भने ।