सोमबार, कार्तिक १७ गते २०८३
images
images

बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बन्नुपर्ने महामन्त्री शर्माको माग

एक्सप्रेस पाना
आषाढ २, २०८१ आइतबार
  • 346
    SHARES
  • बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बन्नुपर्ने महामन्त्री शर्माको माग

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बन्नुपर्ने प्रस्ताव गरेका छन् ।

    images

    आइतबार प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले मेरो सहभागितामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने बताएका हुन्।

    उनले नेपाल बन्नसक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दै छ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाइ गर्न नहुने बताए । उनले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरू अघि बढ्न नहुने बताए । 

    images


    उनले भने, "म आज बुढिगण्डकी परियोजनाको सन्दर्भमा अन्तिममा यति आग्रह गर्न चाहन्छु । यो परियोजना निर्माण गर्ने सन्दर्भमा हामीले कदम चाल्दै गर्दा सत्ता, प्रतिपक्ष हामी सबै एक छौं । सबै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर स्वदेश र विदेशमा भएका समस्त नेपालीलाई गाँसी राखेर यो परियोजना निर्माण गरेर नेपाल बन्नसक्छ, बन्दै छ । र मेरो सहभागितामा बन्दैछ । नेपाल बन्ने एउटा उज्यालो दिशातिर जाँदै छ भन्ने सन्देश दिनका लागि सरकार सफल बन्नुपर्छ । हामी माझ चर्चामा रहेको परियोजना हो बुढिगण्डकी । अघिल्ला बजेटहरूमा पनि हामी बुढी गण्डकी बनाउने लेख्दै आयौँ । बनाउने त बनाउने । तर, कुन पैसाले बनाउने रु एउटा विकल्पको रुपमा हामीले सोच्यौँ कि विदेशीको पैसाले बनाउने । केवल विद्युत् उत्पादन मात्रै हो भने त विदेशीलाई दिँदा केही फरक पर्दैन । तर यो बहुउद्देश्यीय परियोजना हो ।"


    महामन्त्री शर्माले सो आयोजना अघि बढाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष सबै एक भएर अघि बढ्नुपर्ने बताए ।