सोमबार, कार्तिक १७ गते २०८३
images
images

नयाँ चरणको आर्थिक सुधार गर्न उपसभापति वाग्लेको सुझाव

एक्सप्रेस पाना
आषाढ २, २०८१ आइतबार
  • 227
    SHARES
  • नयाँ चरणको आर्थिक सुधार गर्न उपसभापति वाग्लेको सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

    images

    आईतबार प्रतिनिधि सभा बैठकमा जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उपभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन सरकारलाई आग्रह गरे । 

    उनले भने, "यसपाली फण्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्वपूर्ण अंश, जुन अलिखित छ–नयाँ चरणको आर्थिक सुधार । त्यसमा असाध्यै दिन पनि म हार्दिक आग्रह गर्दछु । प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेण्डामा हामी प्रवेश गर्नुपर्ने भयो’ । ‘त्यसमा लगानी पुगेको छैन । लागत घटाउनु पर्‍यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्‍यो । क्लाईमेट फाईनान्स ने अवको विकास फाईनान्स हुने कुरालाई पनि सरकारले ध्यान दिनुपर्छ ।"

    images

    उनले रोजगारमुलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।