काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।
आज बजार १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बजारमा आज ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये ६४ वटाको बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।


