सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रभु बैंकको ३०५ औं शाखा कालिकोटमा

एक्सप्रेस पाना
आषाढ २, २०८१ आइतबार
  • 340
    SHARES
  • प्रभु बैंकको ३०५ औं शाखा कालिकोटमा


    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार २ गतेदेखि कालिकोट, खाडाचक्र नगरपालिका, वडा नं.०१ मा स्थित मान्मा मा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

    images

    प्रभु बैंक लि.ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

    बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक लिमिटेड