सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रभु बैंकको नयाँ शाखा मुगुको गमगढिमा सञ्चालन

एक्सप्रेस पाना
आषाढ ४, २०८१ मंगलबार
  • 264
    SHARES
  • प्रभु बैंकको नयाँ शाखा मुगुको गमगढिमा सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मङ्गलवारदेखि मुगु, छायानाथ रारा नगरपालिका, वडा नं.०२ स्थित गमगढिमा आफ्नो ३०६ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

    images

    प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

    बैंकको यो अभियानले देशभरिकै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ ।

    images

    गमगढि शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक लिमिटेड