काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
आज बजार १८.७६ अंकले घटेर २०७६.४९ को बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज नेप्सेमा कारोबार गर्ने १९८ कम्पनीको शेयर मूल्य घट्न पुगेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै बाकी ९ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
आज नेप्सेमा ९५ लाख ४४ लाख ७३४ वटा शेयर कारोबार हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ बराबरको कारोबार भयो ।


