सोमबार, कार्तिक १७ गते २०८३
images
images

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

एक्सप्रेस पाना
आषाढ ५, २०८१ बुधबार
  • 245
    SHARES
  • महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

    काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि “ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी” योजना ल्याएको छ ।

    images

    योजना डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन । साथै, यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा रु. १००० को स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ ।   
     
    बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठका अनुसार ग्राहकहरूको सुविधाको लागि कम्पनीले यस्ता योजनाहरू ल्याइरहेका हुन्छौं । 

    उनले भने,यो योजना पनि त्यसै अन्तर्गतको हो । हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचत का साथै यस योजनामा सहभागी भई बढी भन्दा बढी लाभ लिन सकून् ।

    images

    यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र लागू गरिएको छ ।  

    साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा.ली ले यसै योजनाका अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । यसै योजना अन्तर्गत गाडी खरिद  गर्दा थप वारेन्टी, फ्री सर्विसिंग, अग्नि हायर परचेज मार्फत सरल फाइनान्सिंग, लगायत अन्य सुबिधा पनि उपलब्ध गराउने छ ।

  • सम्बन्धित विषय:

  • # महिन्द्रा