सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसदीय छानबिन विशेष समितिले लिन थाल्यो कानुनी परामर्श

एक्सप्रेस पाना
आषाढ ५, २०८१ बुधबार
  • 298
    SHARES
  • संसदीय छानबिन विशेष समितिले लिन थाल्यो कानुनी परामर्श

    काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।

    images

    बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरुसँग छलफल गरेको हो ।

    समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरुसँग परामर्श गरेको जानकारी दिए ।

    images

    उनले कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरुमा छलफल भएको बताए ।

    आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको उनले बताए ।

    साथै, आन्तरिक प्रतिवेदनहरु संकलनका काम जारी रहेको पनि उनले जानकारी दिए ।