काठमाडौं । बुधबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार १.२७ अंकले बढेर २०७८.७६ विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज करिब साढे ३ अर्बको रुपैयाँको कारोबार भएको छ । आज ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनी मध्ये १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाकी८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।


