सोमबार, कार्तिक १७ गते २०८३
images
images

मन्त्रालयको बजेट पुनः लेखन गर्नुपर्ने प्रमुख सचेतक लेखकको माग

एक्सप्रेस पाना
आषाढ ५, २०८१ बुधबार
  • 318
    SHARES
  • मन्त्रालयको बजेट पुनः लेखन गर्नुपर्ने प्रमुख सचेतक लेखकको माग

    काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् ।

    images

    बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले मन्त्रीहरूले आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए । उनले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताउदै मन्त्रालयको बजेट पुनः लेखन गर्नुपर्ने बताए ।

    images

    उनले भने "बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटि भयो । मन्त्रीजीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो । यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो । जसरी सदनमा कुरा उठिरहेको छ । प्रतिपक्ष त झन् संयमित छ । सत्तापक्षको स्थिति जुन देखिएको छ, यसले वास्तवमा सम्माननीय प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ ।"

  • सम्बन्धित विषय:

  • # कांग्रेसका प्रमुख सचेतक रमेश लेखक