बुधबार, भाद्र २४ गते २०८३
images

भारत भ्रमणमा कुनै एजेन्डामा छलफल गर्न नभएकोले जानुअघि छलफल नगरिएको हो: प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
आषाढ ६, २०८१ बिहीबार
  • 306
    SHARES
  • भारत भ्रमणमा कुनै एजेन्डामा छलफल गर्न नभएकोले जानुअघि छलफल नगरिएको हो: प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रतिनिधिसभा बैठकलाई हालै आफूले गरेको भारत भ्रमणबारे जानकारी गराएका छन् ।  

    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण कार्यक्रममा सहभागी हुन उनी भारत गएका थिए । गएको जेठ २७ गते उनी उक्त कार्यक्रममा सहभागी भएका थिए । उनले भ्रमणले दुई देशबीच आपसी सद्‌भाव वृद्धि गर्न उल्लेख्य भूमिका खेलेको बताए । 

    उनले भने,“यस भ्रमणले दुई देशबीच आपसी सद्‌भाव वृद्धि गर्न उल्लेख्य भूमिका खेलेको छ,” ।

    images

    प्रधानमन्त्री दाहालले यसपटकको भ्रमणमा कुनै एजेन्डमा छलफल गर्न नभएकोले जानुअघि छलफल र परामर्श नगरिएको प्रष्ट पारे ।  भारतीय प्रधानमन्त्रीबाट लिखित निमन्त्रणा आएपछि शपथग्रहण समारोहमा सहभागी हुन आफू भारत गएको उनले बताए । 

    भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदीसँग संक्षिप्त द्विपक्षीय वार्ता भएको उनले जानकारी दिए । यस्तै उनले भारतीय राष्ट्रपतिसँग पनि शिष्टाचार भेटवार्ता भएको बताए । 

     प्रधानमन्त्री दाहालले भने “मोदीजीसँग नेपाल भारत सम्बन्ध थप मजबुत बनाउने, दुई देशबीच भएका सम्झौताको प्रभावकारी कार्यान्वयनलगायत विषयमा छलफल भयो,”  । 

    मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको समेत उनले संसद्लाई जानकारी गराए । उपयुक्त समयमा नेपाल भ्रमणमा आउने वचन मोदीले दिएको उनले सुनाए । 
     

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल