सोमबार, कार्तिक १७ गते २०८३
images
images

एनएमबि बैंकका ग्राहकहरूलाई कतार एयरवेजको हवाई टिकटमा १० प्रतिशतसम्मको छुट

एक्सप्रेस पाना
आषाढ ६, २०८१ बिहीबार
  • 280
    SHARES
  • एनएमबि बैंकका ग्राहकहरूलाई कतार एयरवेजको हवाई टिकटमा १० प्रतिशतसम्मको छुट

    काठमाडौं । एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।

    images

    बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रोमो कोड क्यूआरएनएमबी २४ प्रयोग गर्नुपर्नेछ ।

    images

    यो अफरमार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेजलगायत अन्य विशेष सुविधा समेत पाउनेछन् ।  

    एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दी फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

    २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चारपटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । यसले हाल देशभर २०१ शाखा, १८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
     

     

  • सम्बन्धित विषय:

  • # एनएमबि बैंक
  • # कतार एयरवेज